छतबाट खसेर माधव नेपालका भाइ सरोजको निधन

काठमाडौँ- छतबाट लडेर गम्भीर घाइते भएका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार नेपालको उपचारका क्रममा निधन भएको छ । उनी शंखमुलस्थित एक घरको छतबाट लडेर गम्भीर घाइते भएका थिए ।

Dadeldhura hospital

एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत सरोज शनिबार दिउँसो दुर्घटनामा परेका हुन् । लडेर गम्भीर घाइते भएका नेपाललाई माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका लागि लगिएपनि बचाउन नसकिएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

नेपाल नेकपा एकीकृत समाजवादीको इन्जिनियर विभागका प्रमुख समेत हुन् । शनिबार दिउँसो एक रेष्टुरेष्ट रहेको घरको छतबाट नेपाल खसेको अवस्थामा भेटिएका थिए ।

 

Loading...