गोदावरीमा मल अभावले किसान चिन्तित

लक्ष्मी भट्ट/अत्तरिया- कैलालीको गोदावरी नगरपालिका मा असार महिना सुरु भइसक्दा पनि रासायनिक मलको अभाव कायमै रहेको छ। किसानहरूले बिउमा हाल्ने युरिया र डीएपी मल नपाउँदा रोपाइँको तयारी प्रभावित भएको गुनासो गरेका छन्।

गोदावरी नगरपालिका–४ का किसान खुसीराम चौधरीले अत्तरिया न्युजसँग कुरा गर्दै एग्रोभेटहरूमा पटक–पटक मल खोज्दा पनि युरिया मल नपाएको बताए। उनले रोपाइँका लागि तयार पारिएको बिउ युरिया अभावका कारण राम्रोसँग बढ्न नसकेको र सानो बिउ नै रोप्नुपर्ने अवस्था सिर्जना भएको बताए।

Navadurga sun

यस्तै, अर्का किसान हर्कबहादुर सिंहले डीएपी मलका लागि धेरै दौडधुप गर्नुपरेको बताए। सरकारले किसानलाई मल अभाव हुन नदिने आश्वासन दिए पनि त्यो आशा निराशामा परिणत भएको उनको भनाइ छ।

अत्तरियास्थित भगवती एग्रोभेट का सञ्चालक भोजराज जोशीका अनुसार सरकारले विदेशबाट समयमै र पर्याप्त मात्रामा मल आयात नगर्दा अहिलेको अभाव सिर्जना भएको हो।

कृषिमा निर्भर किसानहरू मल अभावका कारण चिन्तित बनेका छन्। किसानको हितका लागि सरकारले समयमै मलको आपूर्ति व्यवस्थापन गर्न आवश्यक देखिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...