गोदावरी–७ का किसानको सिँचाइ समस्या समाधान गर्न डिप ट्युबवेल निर्माण

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. ७ अन्तर्गत टिकुला टोल, शान्ति टोल र स्कुल टोल क्षेत्रका किसानलाई वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले डिप ट्युबवेल (बोरिङ) निर्माण कार्य सुरु गरिएको छ।

गोदावरी नगरपालिका र संघीय सरकारको समानीकरण बजेटबाट सञ्चालन भएको उक्त योजनाको मङ्गलबार नगर प्रमुख वीरेन्द्र भट्ट ले पूजाआजा गर्दै शिलान्यास गरेका हुन्।

Navadurga sun

शिलान्यास कार्यक्रममा नगर प्रमुख भट्टले खेतीपातीको मुख्य समयमा पानी अभावका कारण किसानले वर्षौंदेखि समस्या झेल्दै आएको उल्लेख गर्दै साना–साना बोरिङमा लगानी गर्नुको सट्टा सबै किसानलाई समान रूपमा लाभ पुग्ने गरी डिप बोरिङ निर्माण गरिएको बताए। प्राविधिक अध्ययन र स्थानीयको मागका आधारमा योजना छनोट गरिएको उनको भनाइ थियो।

उनले भूमिगत पानीको अनियन्त्रित दोहन रोक्दै दीर्घकालीन रूपमा सिँचाइ व्यवस्थापन गर्न डिप बोरिङ प्रभावकारी हुने विश्वास व्यक्त गरे। यसबाट टिकुला टोल र स्कुल टोलका कृषक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

वडा नम्बर ७ का युवा अभियन्ता सान परियार ले सुख्खा मौसममा किसान आकाशे पानीको भर पर्नुपर्ने बाध्यता अब अन्त्य हुने बताए। डिप बोरिङ सञ्चालनमा आएपछि सिँचाइ सहज हुने, कृषि उत्पादन वृद्धि हुने र किसानको आर्थिक अवस्था सुधारमा समेत टेवा पुग्ने विश्वास स्थानीयले व्यक्त गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...