चुरे गाउँपालिका असारभरि बिदाका दिन पनि खुला रहने

अत्तरिया- कैलालीको चुरे गाउँपालिका ले असार महिना भरि सार्वजनिक बिदाका दिनसमेत कार्यालय सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले मंगलबार सूचना जारी गर्दै आर्थिक वर्षको अन्तिम महिनामा कामको चाप बढ्ने र सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्री द्वारा जारी सूचनामा असार महिनाभर बिदाका दिन पनि कार्यालय खुला रहने उल्लेख गरिएको छ।

Navadurga sun

सूचनाअनुसार बिदाका दिन भुक्तानी सम्बन्धी फाइल पेस गर्ने, योजना अनुगमन, नापजाँचका निवेदन पेस गर्ने लगायतका सेवाहरू प्रदान गरिनेछन्। गाउँपालिकाले आवश्यक सेवा लिन सेवाग्राहीलाई बिदाका दिनसमेत कार्यालयमा उपस्थित हुन अनुरोध गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...