विद्युत महसुल तिर्न अब प्राधिकरण धाई रहनु नपर्ने

Dadeldhura hospital

अत्तरिया, १७ जेठ- विद्युत महसुल तिर्न अब प्राधिकरण धाई रहनु नपर्ने भएको छ । नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेशले स्वयं मिटर रिडिङ्ग, अनलाइन महशुल भुक्तानी र एसएमएस मार्फत महसुल भुक्तानी सम्बन्धी जानकारी दिने व्यवस्था गरिएको हो ।

कोराना भाइरसको महामारी बढिरहेका बेला कार्यालय मार्फत सेवा दिँदा जोखिम हुने भएकाले सो सेवा सुरु गरेको प्राधिकरण सदूरपश्चिम प्रदेश अत्तरियाका प्रमुख जगदिश चन्द्र जोशीले बताए ।

Loading...