नाउपासँग भोट माग्‍न जेल पुगे एमाले नेता

Dadeldhura hospital

काठमाडौं- नेकपा एमालेका नेताहरूले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसँग भेट गरेका छन्। शुक्रबार दिउँसो डिल्लीबजार कारागारमा पुगेर एमाले सचिव योगेश भट्टराई, नेताहरू कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे, भगवती चौधरी लगायतका नेताहरूले चौधरीसँग भेट गरेका हुन्।

एमाले नेता ठाकुर गैरेले नेता चौधरीसँग भेट गरेको पुष्टि गरे। उनीहरूले राष्ट्रपतिका उम्मेदवार एमाले उपाध्यक्ष सुवास नेम्वाङका लागि भोट मागेका छन्। राष्ट्रपति निर्वाचनका लागि नाउपासँग ८९२ मत रहेको छ। भोट माग्न आइपुगेका एमाले नेताहरूसँग चौधरीले आफ्नो रिहाइसहित पुरानै माग दोहोर्‍याएका थिए।

Navadurga sun
Godawari sandesh
Loading...