रेशमसँग रामचन्द्रको भेट

काठमाडौं- उसो त नागरिक उन्मुक्ति पार्टी आठदलीय नयाँ गठबन्धनमा सामेल छँदैछ । अनि पार्टी अध्यक्ष रन्जिता श्रेष्ठसँग सबै शीर्ष नेताहरुको कुरा भइरहन्छ । तर राष्ट्रपति प्रत्याशी रामचन्द्र पौडेललाई नाउपाका संरक्षक रेशम चौधरी भेट्ने मन भयो । उनी आज पुगे डिल्लीबजार कारागार ।

Dadeldhura hospital

‘राष्ट्रपति उठेको थाहा पाइहाल्नुभयो, सकेको वातावरण बनाइदिनुपर्‍यो,’ पौडेलले चौधरीलाई भने । पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीका अनुसार चौधरीले आफूलाई भेट्न जेलसम्मै आइदिएकामा पौडेललाई धन्यवाद दिए । ‘तपाईंजस्तो सम्मानित व्यक्तित्वलाई राष्ट्रपति उम्मेदवार पायौं,’ चौधरीको भनाइ उद्धृत गर्दै अधिकारीले सुनाए, ‘हाम्रो साथ हुन्छ ।’

Navadurga sun
Godawari sandesh

कांग्रेस वरिष्ठ नेता पौडेलले २५ फागुनमा एमालेका उपाध्यक्ष सुवास नेम्बाङसँग प्रतिष्पर्धा गर्नुपर्ने छ । बलियो गठबन्धनको साथ पाएका पौडेललाई चुनाव जित्न तुलनात्मक सहजता छ । यति हुँदाहुँदै पनि शिष्टाचारका लागि समेत उनी रेशम भेट्न जेल पुगेको उनको टिमले जानकारी दियो ।

Loading...