वडा कार्यालयमा ताला लगाएपछि अलपत्र सडक निर्माण गर्न पहल

बुटवल- सडक निर्माणको काम अलपत्र परेको स्थानीयले बुटवल उप–महानगरपालिका वडा नं‍ ११ को वडा कार्यालयमा तालाबन्दी गरिदिएका छन्। करिब ४ वर्ष पहिले निर्माण सुरु भएको रंगशालादेखि एमाले चोक सम्मको डेढ किलोमिटर सडक अहिलेसम्म पुरा नभएको भन्दै उनीहरुले वडा कार्यालयमा ताला लगाएका हुन्।

Ganyapdhura gau
Dadeldhura hospital

सडकमा खाल्डाखुल्डी, ढल र प्रदुषणका कारण स्थानीय, पैदलयात्रु र सवारीचालकहरुले सास्ती खेप्दै आएको स्थानीयको गुनासो छ। सडक निर्माण सुरु भएको ४ वर्षसम्म पुरा हुन नसकेपछि सम्बन्धित निकायमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएको स्थानीय हरि प्रसाद कँडेलले बताए।

Navadurga sun
Godawari sandesh

१२ बजे लगाएको ताला सहमतिपछि ३ बजे खोलिएको थियो। बुटवल ११ का वडाध्यक्ष रामचन्द्र खनालले उक्त सडक सडक डिभिजन मातहत रहेको बताए। उनले सडक छिटो सक्न डिभिजनसँग नगरपालिकाले पहल गर्ने बताएपछि स्थानीयले ताला खोलेका हुन्।

 

Loading...