ब्याजदरको विरोधमा बझाङका व्यवसायीले बजार बन्द गर्ने

बझाङ- बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्ध बझाङका उद्योगी व्यवसायीले ६ दिन बिहान ११ बजेसम्म बजार बन्द गर्ने भएका छन्।सोमबारदेखि हरेक दिन बिहान ११ बजेसम्म बजार बन्द गर्नुका साथै विरोध र्‍याली निकाल्ने बझाङ उद्योग वाणिज्य संघले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय बझाङ तथा सदरमुकाम चैनपुरका चोकमा समेत विरोध प्रदर्शन गर्ने संघका अध्यक्ष दानबहादुर सुर्मेलीले बताए। उद्योगी व्यवसायीले अघि सारेका माग एक महिनाभित्र सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम तय गर्ने समेत संघको चेतावनी छ।

Navadurga sun

व्यवसायीले बझाङमा फागुन १८ गते कुनै पनि बैंक वित्तीय संस्थामा रकम जम्मा नगर्ने (नो डिपोजिट) निर्णय समेत गरेको छ। नेपाल राष्ट्र बैंकको मौद्रिक नीति, ब्याज वृद्धि लगायतको विरोध गर्दै संघले जिल्लाभर २० गतेसम्मका लागि विभिन्न चारबुँदे कार्यतालिका बनाएर कार्यक्रम सार्वजनिक गरेको हो।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...