

प्रकाश बहादुर बोहरा
अत्तरिया, १० फागुन । सुदूरपश्चिम प्रदेश बुद्धिचाल संघको दोस्रो साधरण सभा सम्पन्न भएको छ । कैलालीको अत्तरियामा रहेको श्री प्रतिभा सामुदायिक पुस्तकालयको सभाहलमा उक्त साधारण सभा सम्पन्न भएको हो ।



सुदूरपश्चिम प्रदेश, बुद्धिचाल संघको अध्यक्षमा भीमदत्त पाण्डेय चयन भएका छन् । संघको दोस्रो साधारण सभाले पाण्डेयको अध्यक्षतामा नयाँ कार्य समिति समेत गठन गरेको हो ।


संघको उपाध्यक्षमा सत्येस बहादुर चन्द, महासचिवमा खडक बहादुर मन्नी, सचिवमा शुसिला देउवा र कोषाध्यक्षमा धर्मी खड्का चुनिएका छन् । त्यस्तै सदस्यहरूमा जय बहादुर कार्की र जीत बहादुर केपाछाकी चयन भएका छन् ।

