करेन्ट लागेर दार्चुलामा एक जनाको मृत्यु, एक घाइते

दार्चुला– दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दार्चुलाको मार्मा गाउँपालिका वडा नं. ३ नलबगडस्थित सडकमा माटो फाल्ने टिप्परको ढाला नांगो बिजुलीको तारमा लागेर टिप्पर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Dadeldhura hospital

गम्भीर घाइते भएका कैलालीको लम्किचुहा नगरपालिकाको चिसापानी बस्ने २३ वर्षीय लिला थापाको उपचारका लागि अस्पताल लैजाने बेला बाटोमै ज्यान गएको दार्चुला प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक शाहीका अनुसार टिप्पर सहचालक मार्मा गाउँपालिका ६ का १९ वर्षीय प्रकाश सिहं ठगुन्ना सामान्य घाइते भएका छन् । उनलाई उपचारका लागी अस्पताल लगिएको र घटनाका बारेमा अनुसन्धान भैरहेको जनाइएको छ ।

Loading...