१५ लाख भारु र सुनका गहनासहित तीनजना पक्राउ

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट १५ लाख भन्दा बढी भारतीय रुपैयाँ र गरगहनासहित सशस्त्र प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।पुनर्वास नगरपालिका–४ कार्गिल डाँडाबाट शुक्रवार साँझ भारतीय रुपैयाँ र गरगहनासहित ३ जनालाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी वल नं ३५ हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक प्रेमबहादुर रावलका अनुसार कैलालीको गोदावरी नगरपालिका–८ का २९ वर्षीय अम्मर भुल, ३९ वर्षीय खडकसिंह भुल र डडेल्धुराको आलिताल गाउँपालिका–४ का २४ वर्षीय वीरेन्द्र सार्की पक्राउ परेका हुन्।

Navadurga sun

उनीहरूको साथबाट १५ लाख २८ हजार ५८८ भारतीय रुपैयाँ, ६५५ रुपैयाँ नेपाली रुपैयाँ, चार थान सिक्री, एक जोडी पाउजु, चार थान औँठी, तीन थान​ बाला, १० थान टपलगायत बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक रावलले बताए ।

यसैगरी एक जोडी झुम्का, टाउकोमा लगाउने गहना एक थान, एउटा जन्तर, एक थान घडी र तीनवटा मोबाइल फोन सेटबरामद गरिएको छ। थप अनुसन्धानका लागि सशस्त्र प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...