दैजी औद्योगिक क्षेत्रको मन्त्री भण्डारीद्वारा अनुगमन

सम्पर्क कार्यालय भोगाधिकार छिटो दिलाउन बेदकोटका मेयर बोहराको आग्रह

कञ्चनपुर- कञ्चनपुरको दैजी औद्योगिक क्षेत्रको अनुगमन गरिएको छ । नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारी लगायतको टोलीले उक्त औद्योगिक क्षेत्रको अनुगमन गरेका हुन् ।

बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई छेला औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउन आग्रह गरेका छन् ।

Navadurga sun

छेला औद्योगिक क्षेत्र निरीक्षणमा आएका मन्त्री भण्डारीसित उनले सम्पर्क कार्यालय खोल्न, भोगाधिकार छिटो दिलाउन र रुख छपान कटान प्रक्रिया छिटो गर्न आग्रह गरेका हुन् ।

‘औद्योगिक क्षेत्र शिलान्यास भएपछि जसरी द्रुत गतिमा काम अघि बढ्नु पथ्र्यो, त्यस्तो हुन सकेको छैन, रुख छपान भई रहेको छ, छपाई भई सकेपछि रुख कटान भएपछि पूर्वाधार संरचनाका काम अघि बढ्ने छन’ उनले भने, ‘त्यस कारण म मन्त्रीज्यूसित सम्पर्क कार्यक्रम यथाशीघ्र खोल्नु आग्रह गर्छु, यस बाहेक रुख छपान र भोगाधिकारको प्रक्रिया छिटोछरितो गरिदिन आग्रह गर्छु।’

मेयर बोहराले बेदकोट नेतृत्व लिएपछि छेला औद्योगिक क्षेत्र सञ्चालनलाई प्रांथमिकता दिएर काम अगाडी बढाएका छन । यस अघि पूर्व उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुलाई स्थलगत निरीक्षण गराएर छिटो सञ्चालनमा ल्याउन दबाव दिएका थिए ।

मेयर बोहराले छेला औद्योगिक क्षेत्र सञ्चालनको मोडल सम्बन्धी पूर्व मन्त्री बडुसित छलफल गरेका थिए । उनले भारतको रुद्रपुर औद्योगिक क्षेत्रको मोडलमा औद्योगिक क्षेत्र सञ्चालनका लागि सुझाव दिएका थिए । मन्त्री बडु नेतृत्वमा उद्योग परिषद्का सदस्य भएपछि उनले बैठकमा समेत छेला औद्योगिक क्षेत्र सञ्चालनका आवाज उठाएका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...