डडेल्धुरा अस्पतालमा कोरोनाले श्रीमानको मृत्यु भएपछि श्रीमतीले गरिन् आत्महत्या

डडेल्धुरा, १६ जेठ- कोभिडले श्रीमानको मृत्यु भएपछि श्रीमतीले आत्महत्या गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय डडल्धुराका अनुसार डडेल्धुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नंं.७ का सुरेश कठायतको कोरोना संक्रमणबाट मृत्यु भएपछि उनकी श्रीमतीले आत्महत्या गरेको जनाएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले अस्पतालमा उपचारको क्रममा कठायतको मृत्यु भएको केही घण्टापछि उनकी श्रीमती सरिताले आत्महत्या गरेको जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

‘श्रीमानको मृत्यु भएपछि उनकी श्रीमती सरिता अस्पतालबाट सम्पर्कविहिन भएकी थिइन्, ‘प्रहरी नायव उपरीक्षक नेपालले भने, अस्पताल नजिकैको जंगलमा आत्महत्या गरेको अवस्थामा उनी फेला परेकी हुन् ।’ कठायतलाई कोरोना संक्रमण पुष्टि भएपछि बाजुराबाट थप उपचारका लागि जेठ २ गते डडेल्धुरा ल्याइएको थियो ।

Couple
Loading...