एलपीएल प्रतियोगिता : फाइनलमा लोटसआइ र सत्यवती एकेडेमी

धनगढी- कैलालीको अत्तरियाका लोटसआइ इङ्लिस सेकेण्डरी स्कुल र सत्यवती एकेडेमी धनगढीमा जारी विद्यालय स्तरीय यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को फाइनलमा प्रवेश गरेका छन् । लोटसआइले आयोजक लिटल फ्लावर बोर्डिङ हाइ स्कुललाई र सत्यवतीले नव बालबाटिका विद्यामन्दिर बौनियालाई पराजित गरी फाइनलमा स्थान पक्का गरेका हुन् ।

बिहीबार पहिले सेमिफाइनल खेलमा लिटल फ्लावरलाइ ७२ रनले पराजित गरी लोटस आइ उपाधि नजिक पुगेको हो । धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको लोटस आइले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनायो । १६० रनको चुनौतीपूणर् लक्ष पछ्याएको लिटल फेलावरले १९।५ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो । उसका सुवास ऐरले २६ र वसन्त कार्कीले २३ रन बनाउनु बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङ तर्फ लोटसका आयुब चन्द , सुशील रावल र नरेन साउदले समान ३/३ विकेट लिए ।

Navadurga sun
Godawari sandesh

त्यस अघि पहिलो इनिङमा लोटसका आयुब चन्दले ४९, योगेश भाटले अविजित २८ र लक्की कडायतले २५ रन बनाएका थिए । बलिङ तर्फ लिटलका आशिष साहुले ३ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच अलराउण्ड प्रदर्शन गरेका आयुब चन्द चुनिए।

दोस्रो सेमिफाइनल खेलमा डिफेण्डिङ च्याम्पियन सत्यवती एकेडेमीले नव बालबाटिका विद्यामन्दिर बौनियालाई ५ विकेटले पराजित गर्‍यो । टस जितेर ब्याटिङ थालेको बालबाटिका १८.४ ओभरमा अलआट हुँदै १११ रन मात्रै बनाउन सफल भयो । १ सय १२ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको सत्यवतीले १८।१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेटायो । उसका प्रतीक श्रेष्ठले अविजित ३७ र अभिषेक कार्की १९ रन बनाएर आउट हुँदा खगेन्द्र जोशीले १७ रन बनाए । बलिङ तर्फ बालबाटिकाका गजेन्द्र बोहरा र रिजन थापाले २/२ विकेट लिए ।

Dadeldhura hospital

त्यस अघि बालबाटिकाका लागि विराट भण्डारीले ३३ र नर बहादुर सार्कीले ३२ रन बनाए । बलिङ तर्फ सत्यवतीका नीरज भट्ट र जीत साउदले समान २/२ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच प्रतीक श्रेष्ठ चुनिए ।

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा जारी प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गरिएको आयोजकको भनाई छ ।

प्रतियोगिता धनगढी उपमहानगरपालिका धनगढी संरक्षक, लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी प्रायोजक, वर्ल्ड भिजन इन्टरनेसनल नेपाल (नेपाली जुटौँ, बाल विवाह रोकौँ) अवेरनेस पार्टनर, आइएमइ पे प्लेयर अफ द म्याच प्रायोजक रहेको छ । त्यस्तै डिजिटल लर्निंग पार्टनरमा निमा एकेडेमी, हायर एजुकेसन पार्टनर टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजार काठमाडौँ, कम्युनिकेसन पार्टनर नेपाल टेलिकम, सह प्रायोजक हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज काठमाडौँ, रनर अप प्रायोजकमा गुरुकुल एकेडेमी उत्तरबेहडी धनगढी रहेको छ ।

त्यस्तै अफिसियल गेट प्रायोजकमा धनगढी वाल पेपर सप्लायर्स एण्ड होम डेकोर, पब्लीकेशन पार्टनर ओशन पब्लीकेशन प्रालि, हस्पिटालीटि पार्टनर इमेज होटेल प्रा।ली धनगढी, सर्टिङ एण्ड सुटिङ पार्टनर गुरुजी सर्टिङ एण्ड सुटिङ धनगढी, प्लेयर अफ दी टुर्नामेण्ट प्रायोजक मालिकार्जुन हार्डवेयर प्रा.लि. अत्तरिया रहेको छ ।

त्यस्तै सहप्रायोजकहरुमा निष्ट फाउन्डेसन काठमाडौँ, के. आई. सिंह गाउँपालिका डोटी, हस्पिटल पार्टनर निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी, स्किन केयर पार्टनर धनगढी स्किन केयर एण्ड एस्थेस्टिक सेन्टर धनगढी, सहप्रायोजकहरुमा चैतन्य पाठशाला धनगढी, जय मंगलम् सिमेन्ट प्राली युवा समाजसेवी विनोद शाही हाल अमेरिका, दाहाल पुस्तक पसल धनगढी, होटेल जियान हस्पिटालिटी धनगढी, उच्चाकोटी आर.एम.सी धनगढी , डिस्कभरि बोर्डिङ स्कुल धनगढी,सानभी बुक्स एण्ड स्टेशनरी धनगढी रहेका छन् ।

वेस्ट बलर प्रायोजक वरिष्ठ युवा समाजसेवी जयन्ती थापा हाल अमेरिका एजुकेसन कन्सल्टेन्सी पार्टनर एस.आ. जी.नेपाल काठमाडौँ, वेस्ट ब्याट्सम्यान प्रायोजक विद्या भूषण पब्लिक स्कुल मोहनपुर कैलाली ,सह प्रायोजक नवजीवन हस्पिटल धनगढी, समाज सेवी अर्जुनराज जोशी (हाल कोरिया), कामिक्षा देवी डेरी धनगढी र विशेष अटो मोटिभ्स (हिरो) धनगढी कैलाली रहेका छन् ।

Loading...