प्रधानमन्त्रीले क्वात्रा भेटेपछि भीम रावलको प्रश्न- कर्मचारी तहको व्यक्तिसँग गोप्य वार्ता के हुन्छ ?

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले एकपछि अर्को विदेशी नेता र उच्च पदस्थ कर्मचारीहरुको भ्रमणबारे जानकारी गराउन सरकारसँग माग गरेका छन् । ‘कुनै देशको कर्मचारी तहको व्यक्तिले प्रधानमन्त्रीसँग औपचारिक भेटवार्ता गरेपछि फेरि लामो गोप्य वार्ता गर्ने संसारको कुनै स्वाधीन र सार्वभौम देशमा चलन छ ?’, उनले प्रश्न गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘नेपालमा एकपछि अर्को विदेशी नेता र उच्च पदस्थ कर्मचारीहरुको भ्रमण भइरहेको छ । ती भ्रमणमा नेपाल सरकारको वार्ताको कार्यसूची के हो र वार्ताको परिणाम के भयो, कतै पारदर्शी छैन । अझ विदेशी सरकारका कर्मचारी तहका व्यक्तिले राजनीतिक दलका नेताहरुसँग पालैपालो भेटवार्ता गरेको समाचार आयो ।’

Navadurga sun

सत्ता गठबन्धनमा खटपट भइरहेको वेलामा दक्षिणी छिमेक भारतका विदेशसचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आएका थिए । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु भेटेपछि नेता रावलले प्रश्न उठाएका हुन् ।

‘कुनै देशको कर्मचारी तहको व्यक्तिको भ्रमणमा देशका विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्ने तथा प्रधानमन्त्रीसँग औपचारिक भेटवार्ता गरिसकेपछि फेरि लामो गोप्य वार्ता गर्ने संसारको कुनै स्वाधीन र सार्वभौम देशमा चलन छ कि रु कसैले मलाई उदाहरण देखाइदिए कृतज्ञ हुने थिएँ’, उनले भनेका छन् ।

मित्र राष्ट्रका उच्च तहका व्यक्तिले देशमा गर्ने भ्रमण दुई पक्षका बीचमा रहेका समस्या समाधानउन्मुख भएमात्रै सार्थक हुने उनको भनाइ छ ।उनले भनेका छन्, ‘पारस्परिक सम्मान, समानतार लाभमा आधारित सम्बन्ध सुमधुर बन्न योगदान पुग्छ भने राम्रो हो । त्यसको विपरीत देशको स्वाधीनता र सम्मानमा प्रतिकूल प्रभाव पर्छ भने उक्त प्रकारका भ्रमण सुखद नभई प्रत्युत्पादक हुन्छन् । चेतना भया ’

 

ADD Khali jpg
ADD Khali jpg
Loading...