हाम्रो नेपाल हामी नेपालीद्वारा पिडीत परिवारलाई खाद्यान्न सहयोग




प्रकाशबहादुर बोहरा
अत्तरिया, १५ जेठ- हाम्रो नेपाल हामी नेपाली भ्रष्टाचार विरुद्धको महाअभियान सुदूरपश्चिम प्रदेश कमिटीद्वारा खाद्यान्न सहयोग गरिएको छ ।






उक्त महाअभियानले शनिबार धनगढी उपमहानगरपालिका वडा न १५ झिनुवा टोल बस्ने जानकी पातलीलाई खाद्यान्न सहयोग गरेको हो ।

उक्त खाद्यान्नहरुमा ५ किलो दाल, २ बोरा चामल, ९ किलो आलु, १ किलो मसला, २ किलो सोडा, ५ पाकेट तेल, ५ पाकेट सोयाबिन, ६ पिस नुहाउने साबुन लागायतका खाद्यान्न सामान प्रदेश कमिटी कोषाध्यक्ष गेजेन्द्र सिंह ठकुरी, सुरक्षा प्रमुख खगेन्द्र नाथ, प्रदेस सह कोषाध्यक्ष चक्र धामी र प्रदेश सदस्य अनिल कुमार पुरीले संयुक्त रुपमा पीडित परिवारलाई राहत सहयोग हस्तान्तरण गरेको सुदूरपश्चिम प्रदेश कमिटीका सह कोषाध्यक्ष चक्र धामीले बताए ।



