दार्चुलामा एसइई परीक्षाका लागि १६ केन्द्र तोकिए

दार्चुला- अगामी चैत १७ गतेदेखि सञ्चालन हुने यस वर्षको एसइई परीक्षाका लागि दार्चुलामा १६ वटा परीक्षा केन्द्रहरू तोकिएका छन्। जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा बसेको बैठकले केन्द्र तोक्ने निर्णय गरेको हो। दार्चुलामा एसइई परीक्षा सञ्चालन गर्न १६ वटा केन्द्र तोक्ने निर्णय भएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय प्रमुख जयराज पन्तले जानकारी दिए ।

यस वर्ष दार्चुलाबाट नियमित र पूरक गरी दुई हजार ९७१ जनाले एसइई परीक्षामा भाग लिने उनले बताए । बैठकले महेन्द्र मावि खलङ्गा, मालिकार्जुन मावि धाप, गोकुलेश्वर मावि गोकुलेश्वर, शङ्करपुर मावि पस्ती, लटिनाथ मावि रस्कोट मार्मा, तपोवन मावि पडपडा, हिमालय मावि हुती, कृष्ण मावि लाली, लटिनाथ मावि चन्दनपुर चौपाता, गणेश विनायक मावि सिप्टी, लटिनाथ मावि खार, राष्ट्रिय मावि दत्तु, जनविकास मावि बारबाज, मालिकार्जुन मावि मड, सरस्वती मावि उकु र कृष्ण मावि बलाँच गरेर १६ वटा केन्द्र कायम गर्ने निर्णय गरेको हो।

Navadurga sun

२०७९ सालको एसइई परीक्षा सञ्चालन गर्न गत वर्षकै परीक्षा केन्द्र यथावत् राखिएको उनले बताए । परीक्षालाई मर्यादित रूपमा सञ्चालन गर्न केन्द्र अध्यक्षलाई अभिमुखीकरण गर्ने, आवश्यकता अनुसार परीक्षा केन्द्रको स्थलगत निरीक्षण गर्ने र आवश्यक सम्पूर्ण तयारी समयमै गरिसक्ने विषयमा छलफल भएको बताइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...