सुडामा रहेको घटाल माविले विभिन्न कार्यक्रम गरी ४२ औं बार्षिकोत्सव सम्पन्न

कञ्चनपुर– कञ्चनपुरको बेदकोट नगरपलिका वडा नं. ७ सुडामा रहेको घटाल माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम गरी ४२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवन पाण्डेयको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा रहेका थिए ।

Navadurga sun

उक्त कार्यक्रममा बेदकोट नगरपालिका उप प्रमुख तुलसी जोशी, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवम पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बोहरा, पूर्व अध्यक्ष गणेश नेपाली विशिष्ट आतिथि रहेका थिए ।

कार्यक्रममा बेदकोट नगरालिका ७ का अध्यक्ष थानेश्वर भट्ट, नेपाल रेडक्रस उप शाखा सुडाका अध्यक्ष शंकर दत्त जोशी, बेदकोट नगरपालिका कार्यपालिका सदस्य पवन नेपाली लगायतको सहभागी रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण दत्त पन्तले वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा चर्चित गजलकार अमृत नाथले समेत आफ्नो प्रस्तुति राखेर मनोरञ्जन दिएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवन पाण्डेयले विद्यालयको स्तर उन्नतिका काममा सधैं तत्पर रहने प्रतिबद्धता समेत गरेका छन ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा पूर्व विद्यार्थी एवम् बेदकोट नगरपालिकामा कार्यरत प्रकाश कलौनी सहितलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेको छ । उक्त कार्यक्रम विद्यालयका सह प्रधानाध्याक गोविन्द चाटौतले सञ्चालन गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...