एलपीएल प्रतियोगिता : सत्यवती र लोटसआई सेमीफाइनलमा पुग्न सफल

धनगढी- डिफेन्डिङ च्याम्पियन सत्यवती एकेडेमी अत्तरिया र लोटस आई स्कुल अत्तरिया कैलालीको धनगढीमा जारि अन्डर-१९ बिद्यालय स्तरीय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको सातौँ संस्करणको समुह ‘बि’ बाट सेमीफाइनल पुग्न सफल भएका छन् । फाप्ला मैदानमा आइतबार सम्पन्न दुई खेलमा सत्यवतीले भुवनेश्वरी बिद्या मन्दिर कंचनपुरलाई तथा लोटस आईले सैनिक आवासीय महाबिद्यालय तेघरिलाई पराजित गर्यो ।

दिनको पहिलो खेलमा सत्यवती एकेडेमीले भुवनेश्वरी बिद्या मन्दिरलाई ३९ रनले पराजित गर्यो । सत्यवतीले समुह चरणको सबै ४ खेलमा जित दर्ता गर्यो । खेलमा सत्यवतीले दिएको १३७ रनको लक्ष्य पछ्याएको भुवनेश्वरीले १६।४ ओहरमा ९७ रनमा सबै विकेट गुमायो । भुवनेश्वरीको लागि बिपिन धामी र कैलाश ऐरले समान १४, सुनिल चन्दले १३ तथा प्रकाश पाण्डेले १२ रन बनाए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सत्यवतीका बलर युबराज खत्रीले सर्वाधिक विकेट लिए जसले ४ ओभरमा २३ रन खर्चिए । उनि प्लेयर अफ द म्याच घोषित भए। जित साउद र सुजन गौतमले २/२ तथा निरज भट्टले १ विकेट लिए । यस अघि टस जितेर ब्याटिंग गरेको सत्यवती एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १३६ रन बनायो।

सत्यवतीका ब्याटर खगेन्द्र जोशीले सर्वाधिक ३७ रन बनाए । यस्तै सुजन गौतमले २६, सोनु अन्सारीले १८ तथा जित साउदले अविजित १४ रन बनाए । भुवनेश्वरी विद्या मन्दिरका कैलाश ऐर, खगेन्द्र ठगुन्ना र राहुल चन्दले २/२ विकेट लिए । दिनको दोश्रो खेलमा लोटस आई स्कुलले सैनिक आवासीय माविलाई १०५ रनले पराजित गर्यो । समुह चारणमा सबै ४ खेल खेल्दा लोटस आईले ३ जित र १ हार दर्ता गर्यो ।

खेलमा १७३ रनको लक्ष्य पछ्याएको सैनिकले २० ओभर ब्याटिंग गर्दै ८ विकेट क्षेतीमा ६७ रन मात्र बनायो । सैनिकको लागि सन्दिप बिस्टले २४ तथा बिशाल ऐरले १६ रन बनाए । लोटसका बलर सन्तोष बिजलेले सर्वाधिक ३ विकेट तथा आयुब चन्द र प्रेम शाहले २्२ विकेट लिए । यस अघि टस जतेर ब्याटिंग गरेको लोटस आईले २० ओभरमा ४ विकेट गुमाएर १७२ रन बनायो । उसको लागि योगेश भाटले सर्वाधिक ७८ रन बनाए जुन क्रममा १० चौका र ३ छक्का प्रहार गरे। यस्तै प्लेयर अफ द म्याच समेत घोषित आयुब चन्दले ६१ रन बनाए ।

प्रतियोगिता अन्तर्गत सोमबार समुह ए का दुई खेल हुनेछन् । पहिलो खेल नव बाल बाटिका बौनिया र गुराँस एकेडेमी अत्तरिया बीच तथा दोश्रो खल होलि फेमिली कंचनपुर र वेस्टर्न क्रिस्टल धनगढी बीच हुनेछ । समुह ‘ए’ बाट लिटल फ्लावर स्कुल धनगढीले सेमीफाइनलमा स्थान बनाइसकेको छ ।

Loading...