


अत्तरिया- चुरे युवा क्लबको अध्यक्षमा गणेश नाथ योगी चयन भएका छन् । क्लबको बृहत सांस्कृतिक जनचेतनामूलक कार्यक्रम तथा क्लबको एतिहासिक दोस्रो सम्मेलनले योगीलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो ।


क्लवको उपाध्यक्षमा ओम बहादुर थापा, सचिव हिरा बहादुर सार्की, कोषाध्यक्ष निर्मला रावत, सह-सचीव गोबिन्द खत्री, सदस्यहरुमा क्रमशः ओम प्रसाद आचार्य, दिपेन्द्र साउद, सृजना नाथ योगी, पार्वती कुमारी बिस्ट चुनिएका छन् ।

