चुरे युवा क्लवको आयोजनामा बृहत सांस्कृतिक जनचेतनामूलक कार्यक्रम तथा क्लवको ऐतिहासिक दोस्रो सम्मेलन सम्पन्न

अत्तरिया- चुरे युवा क्लबले आयोजना गरेको सास्कृतिक कार्यक्रम तथा क्लबको दोस्रो सम्मेलन भब्यताका साथ सम्पन्न गरिएको छ । चुरे युवा क्लव चुरे गाउँपालिका ६ धनेडी कैलालीमा अग्रजको सम्मान हाम्रो पहिचान समाज रुपान्तरणका लागि हाम्रो अभियान भन्ने मुल नाराका साथ बृहत सांस्कृतिक जनचेतनामूलक कार्यक्रम तथा क्लवको ऐतिहासिक दोस्रो सम्मेलन सम्पन्न गरेको हो ।

Navadurga sun

क्लबका सचिव तथा कार्यक्रम संयोजक गणेश नाथ योगीको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथी पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी रहेका थिए । त्यस्तै विशिष्ट अतिथि चुरे गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष प्रेम बहादुर साउद रहेका थिए ।

त्यस्तै अतिथिमा भगवती माध्यमिक बिद्यालयका प्रधानाध्यापक भक्त बहादुर ऐर, सल्लाहकार सदस्य हुकुम ठाडा मगर, विभिन्न वन समुदायका पदाधिकारीहरु, सुरक्षाकर्मीहरु, सन्चारकर्मीहरु, राष्ट्रिय तथा स्थानीय कलाकार चेतन बोहरा, सौगात ओझा, सरिता जोशी लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा प्रस्तोताका रुपमा प्रकाश नाथ योगी रहेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...