महाकालीमा बगेका वृद्धको मृत्यु

दार्चुला- महाकाली नदीमा बुधबार दिउँसो बगेका वृद्धको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको छ । महाकाली नगरपालिका-२ पण्डोराका वीरसिंह बडालको उपचारका क्रममा मृत्यु भएको प्रहरिले जनाएको छ ।

महाकाली नगरपालिका-४ स्थित रिंग्नेताल नजिकबाट बगेका वृद्धको करिब ४०० मिटर तल नदीमा बगिरहेको अवस्थामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेर जिल्ला अस्पताल पुर्‍याएका थिए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अचेत अवस्थामा सुरक्षाकर्मीहरूले उद्धार गरी वृद्वलाई जिल्ला अस्पताल पुर्‍याएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जनाएको छ । वृद्ध कसरी महाकालीमा बगे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरिको भनाइ छ ।

 

Loading...