संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भइरहेको छ : मन्त्री श्रेष्ठ

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भइरहेको बताएका छन् ।

समग्र सुदूरपश्चिम प्रदेशको शिक्षा विकासका लागि मन्त्री श्रेष्ठसँग छलफल गर्न लुनिभा वाल सरोकार समूहले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल जारी रहेको बताएका हुन् ।

Navadurga sun
Godawari sandesh

उहाँले २०२८ सालको शिक्षा ऐनलाई परिवर्तन गरी शिक्षामा आमूल परिवर्तन आवश्यक रहेको जोड दिनुभएको छ । लुःनिभा वाल सरोकार समूहले ललितपुरमा आयोजना गरेको अन्तर्क्रिरया कार्यक्रममा उहाँले आफूले मन्त्रालयको बागडोर सम्हालेपछि थुप्रै परिवर्तन गरेको उल्लेख गर्नुभएको छ ।

Dadeldhura hospital

कोभिड-१९ को कारण थला परेको शैक्षिक क्षेत्रको सुधारका लागि नयाँ योजना ल्याउने प्रक्रिया अघि बढेको उहाँले जानकारी गराउनुभयो । अलमलमा रहेको शैक्षिक क्षेत्रको टुङ्गो लगाउनुका साथै विद्यार्थी स्थानान्तरण गर्ने व्यवस्था गरेकोसमेत बताउनुभयो । एसइई को गुणस्तर सुधार गर्न सङ्घबाटै एसइई लिने व्यवस्था गरेको समेत स्पष्ट पार्नुभयो ।
उहाँले शिक्षा प्रणालीको समग्र सुधार गर्न सबै प्रदेशका शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको महत्त्वपूणर् भूमिका रहने उल्लेख गर्नुभयो ।

उहाँले सरकार द्धन्द पीडित, राहत, अस्थायी शिक्षकको समस्या समाधान गर्न लागि परेको उल्लेख गर्दै यस्ता विषयमा सरकारको गम्भीर ध्यान पुगेको बताउनुभयो । अन्तक्रिया गर्न डडेल्धुराका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र स्थानीय जनप्रतिनिधि राजधानी आएका थिए ।

उनले शिक्षा प्रणालीको समग्र सुधार गर्न सबै प्रदेशका शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको महत्वपूणर् भूमिका रहने उल्लेख गरे ।

डडेलधुराको अजयमेरु नगरपालिका र गन्यापधुरा नगरपालिकाका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, सहप्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु सहित ३२ वटा विद्यालयका प्रतिनिधिहरु काठमाडौंको नमुना विद्यालयहरुको भ्रमण गर्न राजधानी आएका थिए ।

Loading...