राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने भएका छन्।

Bhancha ghar0

आज बिहान उनले संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

उक्त छलफल प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ। प्रतिनिधिसभा बैठकलाई प्रभावकारी बनाउने विषयमा प्रमुख सचेतकहरुसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.