कैलालीको गोदावरी ८ स्याउलेमा लगाइएको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न

प्रकाशबहादुर बोहरा/अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. ८ स्याउलेमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ समापन गरिएको छ । स्याउले स्थित समैजी विश्वनाथ महादेव शिव मन्दिर व्यवस्थापन समितिको आयोजनामा यही माघ १५ गते बाट सुरु भएको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ आईतबार एक औपचारीक कार्यक्रमका बीच सम्पन्न गरिएको हो ।

Ganyapdhura gau

कार्यक्रममा स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाको अध्यक्षतामा सम्पन्न सप्ताह ज्ञान महायज्ञमा प्रमुख अतिथि प्रदेश सभा सदस्य खेमा देवि विष्ट रहेकी थीइन ।

Navadurga sun
Godawari sandesh

समापन कार्यक्रममा प्रमुख अतिथी रहनु भएकी बिष्टले कार्यक्रममा बोल्दै आयोजक टिमले गौशाला निर्माणका लागि लगाइएको भगवत महायज्ञ एकदमै राम्रो भएको बताइन् । ‘नेपालमा ८० प्रतिशत हिन्दु धर्मालम्वी रहेको र सुदूरपश्चिममा ९० प्रतिशत हिन्दु धर्मालम्वी हुँदाहुँदै पनि पछिल्लो समय हामीहरुले आफ्नो धर्म विर्सिदै गएको अवस्था छ । यति मात्र नभएर हामी हाम्रो भाषा, धर्म संस्कृति विर्सिदै गइ रहेका छौ ।’ उनले भनिन्, ‘नेपालको राष्ट्रिय जनावरको रुपमा गाई पर्ने भएकोले यसको संरक्षणको लागि गौशाला निर्माण एकदमै सहरानिय कार्य हो ।’ मानिस बाँचुन्जेल देखि मरुन्जेल सम्म गौमाताको गोबर र गौत एकदमै काम लाग्ने बताइन् ।

Dadeldhura hospital

‘गाईलाई दुध दिन सम्म पाल्ने र दुध दिन छोडेपछि रोडमा छोड्दिने गछौं यसको दोषि अरु कोही नभएर हामी स्वयम हौं’ उनले भनिन्, ‘हामीलाई जन्म दिने माता जस्तै गाई पनि गौमाता हुन् । गाईलाई हामी गौमाताको रुपमा पुजा समते गर्ने गछौं ।’ गौमाताको व्यवस्थापन नेपाल सरकारले मात्र हैन कि स्वयम हामीले आपैm अग्रसर भएर गर्नु पर्छ उनले भनिन । गौशाला निर्माणका लागि आफ्नो तर्पmबाट र प्रदेश सरकारको तर्पmबाट के गर्न सकिन्छ त्यो आफुले पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

त्यस्तै कार्यक्रममा मन्दिर ब्यवस्थापन समिति सँयोजक गोपाल देउवाले उक्त महायज्ञ हिन्दुधर्म रहेको संस्कृती जोगाउनका साथै मुख्यतय गौशाला निर्माणका लागि आयोजना गरिएको उनले बताए । समाजमा बढ्दै गइरहेको छाडा पशुचौपायाहरु व्यवस्थापनको लागि गौशालाको निर्माण गर्ने उद्देश्यका साथ उक्त श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको बताए ।

समापन कार्यक्रममा एक साता सम्म संचालन गरिएको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञबाट संकलन भएको रकम गौशाला निर्माणमा खर्च गरिने मन्दिर ब्यवस्थापन समिति सँयोजक गोपाल देउवाले जानकारी दिए ।

सम्पन्न सप्ताह ज्ञान महायज्ञमा अच्युतशरण महाराजद्वारा उद्घटान देखि ७ दिन सम्म कथा वाचन प्रवचन संगै भजन राष्ट्रिय कलाकार, भजनमण्डली, राष्ट्रिय भजन गायक, राष्ट्रिय अक्टोप्याड, यज्ञ आचार्यद्वारा प्रस्तूती गरेका थिए ।

Couple
Loading...