सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई एमालेले सोध्यो स्पष्टीकरण

धनगढी, १५ जेठ- नेकपा एमालेको प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।

Dadeldhura hospital

आन्तरिक मामिला तथा कानुन मन्त्री पूणर्ा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको एमाले प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

त्यसैगरी राज्यमन्त्रीमा नियुक्त चुनकुमारी चौधरी, अर्चना गहतराज र मना साउदलाई पनि स्पष्टीकरण सोधिएको छ । प्रदेश संसदीय दलको सचेतकमा नियुक्त दुर्गा कामीलाई पनि स्पष्टीकरण सोधिएको छ । यसअघि तीन मन्त्रीलाई स्पष्टीकरण सोधिएको थियो ।

Loading...