राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नदिने

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको छ। आइतबार बिहान विपक्षी दलहरू सँगको छलफलपछि उम्मेदवारी नदिने निर्णय गरिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारको मनोनयन दर्ता आज छ। उम्मेदवारी दर्ताको समय दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ। प्रस्ताव दर्तापछि अपराह्न ४:१५ बजे उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम तय भएको छ।

Navadurga sun

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही माघ २३ गते सोमबार दिउँसो १२ बजे उपाध्यक्षको चयनका लागि मिति निर्धारण गरेका थिए। विगत एक वर्षदेखि राष्ट्रिय सभाको उपाध्यक्षको पद रिक्त छ। यसैबीच सत्ता गठबन्धनले माओवादी केन्द्रकी उर्मिला अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

ADD Khali jpg
Loading...