गोदावरी पत्रकार मञ्चद्वारा आपतकालीन राहत कोष स्थापना

अत्तरिया, १५ जेठ- कैलालको अत्तरियामा रहेको गोदावरी पत्रकार मञ्चले आपतकालीन राहत कोष स्थापना गरेको छ ।
कोरोना कहरले गर्दा लामो समय सम्म बस्न नसकेको गोदावरी पत्रकार मञ्चको बैठकले अत्तरिया क्षेत्रका पत्रकारसंगै जिल्लाभरका पत्रकारहरुलाई आवश्यक सहयोग गर्न आपतकालीन राहत कोष स्थापना गर्ने निर्णय गरेको हो ।

उक्त कोषमा अहिले मञ्चका पदाधिकारीहरुवाटै स्वातस्फुर्त रुपमा प्राप्त भएको रकम जम्मा गरिएको छ भने बाकिँ सहयोगका लागि सबैमा अपिल समेत गरिएको छ । अहिले कोरोेना महामारीका बेला आफ्नो ज्यान जोखिममा राखेर खटिएका र अन्य समयमा पनि समस्यामा परेका पत्रकारहरुलाई थोरै भएपनि सहयोग गर्ने उद्देश्यका साथ उक्त कोषको स्थापना गरिएको गोदावरी पत्रकार मञ्चका अध्यक्ष हेमराज भट्टले बताए ।

Navadurga sun

निरन्तर जनताको सेवामा तल्लीन पत्रकारहरु सधै ओझेलमा पर्दै आएकाले थोरै भएपनि राहत दिन सकिन्छ भन्ने उद्देश्यका स्थापना गरिएको कोषमा आ–आफ्नो तर्फवाट सक्ने सहयोग गरिदिन मञ्चले आमसर्वसाधारण सबैमा आग्रह समेत गरेको छ । साथै सो बैठकमा तत्काल कोरोना महामारीले गर्दा संस्था दर्ता प्रकृया अगाडी बढ्न नसकेको अब छिट्टै संस्था दर्ता गरि नब आगन्तुक पत्रकारहरुको क्षमता विकास संगै पत्रकारिता सम्बन्धि तालिमहरु संचालन गर्ने निर्णय पनि भएको मञ्चका प्रबक्ता प्रेम बिष्टले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...