गोदावरी पत्रकार मञ्चको सह सचिबमा बोहरा र सदस्यमा साउँद चयन




अत्तरि, १५ जेठ– गोदावरी पत्रकार मञ्च अत्तरियाको सह सचिबमा प्रकाश बोहरा र सदस्यमा सकुन्तला साउँद चयन भएका छन् । कोरोना कहरले गर्दा लामो समयपछि आज बसेको गोदावरी पत्रकार मञ्चको बैठकले अत्तरिया न्यूज अनलाईनका प्रबन्धक तथा कार्यकारी सम्पादक रहेका बोहरालाई सह सचिबको जिम्मेवारी दिने निर्णय गरेको हो ।



लामो समयदेखी सह सचिबको पद खाली रहेकोमा बोहरालाई सो जिम्मेवारी दिएको गोदावरी पत्रकार मञ्चका प्रबक्ता प्रेम बिष्टले जानकारी दिए ।


त्यस्तै सदस्यमा सकुन्तला साउँदलाई चयन गरिएको छ । सदस्यको एक पद खाली रहेकाले टिभी टुडे टेलिभिजनमा कार्यरत साउँदलाई सदस्यमा चयन गरिएको प्रबक्ता बिष्टले बताए । दुवै जनाको आगमनले पत्रकार मञ्च थप बलियो हुने र पत्रकारहरुको हकहितका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।



