कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी- कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका–६ का २३ वर्षीय मोटरसाइकल चालक अमर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो।

शुक्रवार बेलौरी नगरपालिका–५ रामनगरमा सुपप्र ०१०१० प ८२४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो। सो दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३० वर्षीय करन चौधरी घाइते भएका छन्। उनलाई उपचारका लागि धनगढी ल्याइएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...