डिभाइडरमा ठोक्कियो घनश्याम भुसालले चलाएको गाडी

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री घनश्याम भुसाल सडक दुर्घटनामा परेका छन्। शुक्रबार दिउँसो भुसालले चलाएको गाडी बानेश्वरस्थित डिभाइडरमा ठोक्किएको हो।

Bhancha ghar0

‘गाडी ठोक्किएपछि उहाँ केहीबेर बेहोस हुनुभएको थियो। अहिले अस्पतालमा उपचार भइरहेको छ, अवस्था सामान्य छ,’ भुसालनिकट गौतम राईले भने।

भुसाललाई बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ। प्रहरीका अनुसार बिहान सवा १२ बजेतिर भुसालले चलाएको बा १६ च १३८४ नम्बरको गाडी अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएको हो। गाडीको अगाडिको भागमा सामान्य क्षति भएको छ।

Leave A Reply

Your email address will not be published.