कैलालीमा मोटरसाईकल चोरीमा संलग्न रहेका २ जना पक्राउ

अत्तरिया, १५ जेठ- कैलालीमा मोटरसाईकल चोरी संलग्न रहेका २ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नं. १७ का २१ वर्षीय सुरेश चौधरी र सोही उपमहानगरपालिका वडा नं. १५ का १८ वर्षीय राधाकृष्ण चौधरीलाई चोरीको मोटरसाइकल चलाई रहेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गत आइतबार जिल्लाको भजनी नगरपालिका वडा नं. ३ पडरियाका प्रेमराज जैशीको बरण्डामा पार्किङ गरी राखेको से ७ प ३२१६ नम्बरको पल्सर मोटरसाईकल चोरी भएको थियो । जैशीले चोरी भएको मोटरसाइकलको खोजतलास गरी पाउँ भनी ईलाका प्रहरी कार्यालयमा खोजीतलासी कार्य गरिदिन भनि निबेदन समेत पेश गरेका थिए ।

Navadurga sun

खोजतलासकै क्रममा धनगढी उपमहानगरपलिका वडा नं. ७ देबरीयामा दुवैजनालाई मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरू दुवैजना विरूद्ध चोरी शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत कैलालीबाट म्याद थप गर्न अनुमती मागी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...