
धनगढी– कैलालीको गोदावरीमा एक जना मृत फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिकाको वडा नम्बर ९ सेहरीमा एक जना मृत फेला परेका हुन् ।
स्थानीय ६३ वर्षीय सन्चा राना आइतबार आफ्नै बारीमा मृत फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको हो ।