बाजुरा- बाजुरामा बालिका मृत फेला परेकी छिन् । जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर ६ तल्लो साइलकी अन्दाजी १४ वर्षीय सदिक्षा भारती मृत फेला परेकी हुन्।




जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार उनी बिहीबार साँझ घरबाट हराएकी हुन् । खोजी गर्दा मृत फेला परेपछि आफन्तले प्रहरीमा खबर गरेका थिए ।


उनको शव पोष्टमाटमका लागी जिल्ला अस्पताल बाजुरा ल्याइएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ । उनी मानसिक रोगी भएको खुलेको बाजुरा प्रहरीले जनाएको छ ।

