भन्सार छलेर भारतबाट ल्याइएको ३९१ बोरा डिएपी मल बरामद

Dadeldhura hospital

कञ्चनपुर, १४ जेठ- कञ्चनपुर प्रहरीले भारतबाट चोरी तस्करी गरी लुकाइछिपाइ ल्याएको मलखाद बरामद गरेको छ । बिहीबार दिउँसो प्रहरीले बेदकोट नगरपालिका ७ झस्पुरका चक्र फार्सवानको घरबाट मलखाद बरामद गरेको हो ।

उनले घरको कोठामा ३९१ बोरा डिएपी मल भेटिएको कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए । बरामद गरिएको मलको मूल्य ७ लाख ८२ हजार रुपैयाँ रहेको छ । बरामद मल गड्डाचौकी भन्सार कार्यालय बुझाइएको चतुर्वेदीले बताए ।

Loading...