धनगढी बसपार्कमा एक जना मृत अवस्थामा फेला

Dadeldhura hospital

धनगढी, १४ जेठ- धनगढी बसपार्कमा एक जना मृत अवस्थामा फेला परेका छन् । धनगढीको बसपार्कको प्रतिक्षालयमा एक जना पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । मृत अवस्थामा फेला परेका अन्दाजी २७/२८ बर्षिय जस्तै देखीने ति पुरुषको पहिचान भने हुन सकेको छैन् ।

ति पुरुष धनगढी बषपार्कको प्रतिक्षालयमा सुतेको अवस्थामा मृत भेटिएका हुन् । अहिले जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरी टोली खटीएको छ । थप विवरण आउन बाँकि रहेको र अनुसन्धान पछि मात्रै जानकारी प्राप्त हुने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Loading...