कांग्रेस नेता महर भन्छन्- विधानविपरीतका पदाधिकारी बैठकको अर्थ हुँदैन

Purbadhar dadeldhura

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसभित्र विधानविपरीत निरन्तर पदाधिकारी बैठकको अभ्यास भएकोप्रति आपत्ति जनाएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक निरन्तर धकेल्दै आफ्नै निवासमा पार्टी पदाधिकारी बैठक राखेपछि नेता महरले असन्तुष्टि पोखेका हुन् ।

Malpot office dadeldhura

पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै फेसबुकमा लेखेका छन्, ‘नेपाली कांग्रेसमा विधानविपरीत निरन्तर पदाधिकारी बैठकको अभ्यास भइरहेको छ । विचार समूहका नाममा हुने बैठकमा पनि पार्टी विधानसम्मत सञ्चालनको विषय प्राथमिकतामा पर्दैन । केबल आफ्नो निहित स्वार्थलाई केन्द्रमा राखेर हुने छलफलको पार्टीका लागि के अर्थ ?’ विचार समूहका नाममा आफ्नो निहित स्वार्थलाई केन्द्रमा राखेर हुने छलफलको पार्टीका लागि अर्थ नहुने उनको भनाइ छ ।

‘भ्रातृ संस्थाको ६ देखि १६ वर्षसम्म अधिवेशन हुन नसक्दा नेतृत्व विकासमा ठूलो भ्याकुम खडा भएको छ । सबै भ्रातृ संस्थाको विधान संशोधन गरेर पदाधिकारीसहित ठूलो संख्यामा कमिटी ल्याउन पार्टीका लागि हितकर हुन्छ’ उनले भनेका छन्। विधनाअनुसार भ्रातृ संस्था र पार्टीका विभागमा जिम्मेवारी दिएर संगठन निर्माणको मैदानमा उर्तान ढिलो गर्न नहुने उनको मत छ।

‘सरकारमा स्वार्थ बाझिएका र विभिन्न काण्डमा जोडिएको व्यक्तिहरु बसेका छन् । तिनीहरूको भण्डाफोर गर्न कांग्रेसका हाम्रा सांसदलाई केले रोकेको छ रु हामी किन बोलिरहेका छैनौं ?’ उनले प्रश्न गरेका छन् ।

 

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...