कञ्चनपुरमा कोरोना संक्रमित एक स्वास्थ्यकर्मीको मृत्यु

कञ्चनपुर, १३ जेठ– कञ्चनपुरमा कोरोना संक्रमित एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ। जिल्लाको वेदकोट नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सि.अनमी सरस्वती कार्कीको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

नगरपालिकाका अनुसार उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको थियो। उनमा एक साताअघि कोरोना संक्रमण पुस्टि भएको थियो।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...