Satyawati
Division ban Pahalmanpur

मलाई उपप्रधानमन्त्रीबाट हटाइदिँदा हुन्छ, केही फरक पर्दैन : गृहमन्त्री लामिछाने

Sostya office Dadeldhura
Purbadhar dadeldhura

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री हटाउने प्रस्ताव गठबन्धनमा गरिसकेको बताएका छन्। शनिबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सत्ता गठबन्धनबाट उपप्रधानमन्त्रीले कुनै भार सरकारलाई नथपिने स्पष्ट पार्दै यस्तो बताएका हुन्। सो अवसरमा गृहमन्त्री लामिछानेले गठबन्धनबाट सहमति भएको खण्डमा आफूलाई उपप्रधानमन्त्रीबाट हटाए पनि तयार रहेको बताए। उनले उपप्रधानमन्त्री सबैभन्दा पहिला आफ्नैबाट हटाउन सुरु गरे पनि आफू तयार रहेको स्पष्ट पारे।

Malpot office dadeldhura

‘उपप्रधानमन्त्रीहरु बन्दै गएका कुराहरु छन्। यसले थप भार पार्ने भन्दा पनि गठबन्धनबाट गर्ने भनिएको हो। हटाउने भए सबैभन्दा पहिला मेरोबाट हटाइदिँदा हुन्छ, केही फरक पर्दैन। अभ्यास हो यो तर त्यसले धेरै कुनै ठूलो भार नपर्ने देखिएको छ। मैले प्रस्ताव राखेको छु, त्यसमा झुण्डिनुपर्छ जस्तो मलाई लाग्दैन,’ उनले भने।

गृहमन्त्री लामिछानेले आफूले नतिजा निकाल्नेगरी काम गर्ने दाबी गरे। उनले नेकपा ९एमाले०का सांसद लक्ष्मी महतो कोइरीलाई चाँडै समात्ने पनि जानकारी दिए। ‘हामी नतिजा निकाल्नेगरी काम गर्छौं। प्रहरी प्रशासनले नटेर्ने भन्ने हुँदैन आफ्नो व्याख्या हो। विज्ञप्ति जानकारीका लागि गरिएको हो। के भइरहेको छ भन्ने जानकारी दिन आवश्यकता दिनुपर्ने भएकाले हो,’ गृहमन्त्रीलाई प्रहरीले नटेरेको भन्ने प्रश्नको जवाफ दिँदै उनले थपे।

मधेस आन्दोलनका क्रममा प्रहरी सई थमन थापाको हत्या अभियोगमा फरार रहेका कोइरी महोत्तरी १ बाट निर्वाचित भएका छन्। शनिबारको संसद् बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले नमानेकाले गृह मन्त्रालयले विज्ञप्ति निकाल्नुपरेको हो रु भन्दै प्रश्न गरेका थिए।

 

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...