सेतीमा अस्पताल थप १५४ जनमा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु




धनगढी, १२ जेठ- पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको कोरोना परीक्षणमा १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



अस्पतालको प्रयोगशालामा ८ सय ३३ जनाको नमुना परीक्षणमा गरीएकोमा १ सय ५४ जनामा कोरोना रिर्पोट पोजेटिभ र ६ सय ७९ जनाको रिपोट नेगेटिभ आएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।


सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ६६ जनाको उपचार भैरहेको बताए । जसमध्ये ४६ जना अक्सिजन सर्पोटमा, १६ जना आइसियुमा, ३ जना भेन्टीलेटरमा उपचार भैरहेको बताए । त्यसैगरी ४ जनाको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा अस्पतालमा थप नयाँ ४ जना बिरामी अस्पतालमा भर्ना भएका छन् ।
पछिल्लो २४ घण्टामा ३ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालीका ४ का ४५ बर्षिय महिला, धनगढी ५ का ३१ बर्षिय महिला र गोदावरी ९ का ४४ बर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।



