काठमाडौं- नेपाली कांग्रेसले सभामुख निर्वाचन प्रक्रिया स्थगित गर्न माग गरेको छ । अहिले जारी प्रतिनिधिसभा बैठकमा सभामुखका लागि निर्वाचन हुने कार्यसूची छ ।

तर, नेपाली कांग्रेसका सांसद रमेश लेखकले माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति सरकारले संसद्मा कुरा नउठाएकोप्रति आपत्ति जनाउँदै रुलिङको माग गरेका हुन् । उनले आजको कार्यसूची स्थगित गरेर भए पनि सरकारले जहाज दुर्घटनाबारे जानकारी गराउन माग गरे ।
कांग्रेसको यस्तो मागपछि सभाध्यक्ष पशुपति शमशेर राणाले सरकारका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई जवाफ दिन समय दिएका छन् ।