उद्योग मन्त्रालय नपाएपछि सीके राउतको आक्रोश– मधेशीलाई दमन भयो

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले मेधशी दलहरूमाथि दमन भएको भन्दै त्यसको प्रतिवादनमा उत्रने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत राउतले मधेशवादी दलहरूको सबैको नाम उल्लेख गर्दै शासकवर्गले ‘बूलडोज’ गरेको टिप्पणी गरेका हुन्।

सहमतिअनुसार मन्त्रालय नदिएको भन्दै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका राउतले आक्रोश पोखेका हुन्। उद्योग मन्त्रालय पाउने सहमति अनुसार जनमत पार्टीले समर्थन गरेको बताएको थियो। तर, सत्ता साझेदार दलमै रहेको जनमत पार्टीले मन्त्रालयमा चित्त नबुझेको भन्दै सरकारमा सहभागी भएको छैन।

Navadurga sun

प्रधानमन्त्री र एमालेतर्फ संकेत गर्दै राउतले भनेका छन्, ‘कुरा केवल जनमत पार्टीको होइन, जसपारलोसपारजनमतरनाउपा सबैलाई पाखा लगाउँदै, शासकवर्गले बूलडोज गरेको हो’, राउतले भनेका छन्, ‘चरम नश्लवादीहरूको झुण्ड पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, ‘यो देश तिम्रो होइन’ भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढे़का हुन्।’

मधेशले यसको प्रतिकार गर्ने उनले उल्लेख गरेका छन्। यसैबीच आज सभामुखको निर्वाचन हुँदैछ। जनमतले मागेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नदिएर खानेपानी मन्त्रालयमा मिल्काइएको आरोप लगाएको छ। उता, जेलमा रहेका रेशम चौधरीको रिहा नभएसम्म सरकारमा सहभागी नहुने अडान लिएको नागरिक उन्मुक्ति पार्टीले के गर्छ निश्चित छैन।यी दुई दलको १० सांसद छन्। यस्तै स्वतन्त्र २ सांसद पनि छन्।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको जनता समाजवादी पार्टीपनि गठबन्धनबाट बाहिरिने निर्णय गरिसकेको छ। जेलमा रहेका रेशम चौधरीको रिहा नभएसम्म सरकारमा सहभागी नहुने अडान लिएको नागरिक उन्मुक्ति पार्टीले के गर्छ निश्चित छैन।

ADD Khali jpg
ADD Khali jpg
Loading...