बझाङको तपोवनमा स्नान गर्नेको घुइँचो

बझाङ- बझाङको धार्मिक तिर्थस्थल तपोवनमा पनि यसपाली माघे संक्रान्तिका दिन मेला लागेको छ। तपोवनमा जिल्लाभित्र र जिल्ला बाहिरका भक्तजन आएर पुजा र तातोपानीका कुण्डमा स्नान गरेका छन्। तल्कोट गाउँपालिका-१ र मष्टा गाउँपालिका-४ को सिमाना सेती नदीमा रहेको धार्मिक स्थलमा आइतबार बिहानैदेखि घुइँचो लागेको छ।

तातोपानी कुण्डको पानी उमाले जस्तो हुन्छ र वाफ आउने गर्दछ। कुण्डमा नुहाएमा चर्मरोग साथै अन्य मनोकामना पुरा हुने मान्यताले तिर्थयात्रु आउने गर्दछन्। यहाँ विवाह, ब्रतबन्ध जस्ता कर्मकाण्डका कार्य गर्दा पुण्य मिल्दछ भन्ने मान्यता रहेको छ। ६ बजेपछि स्नान गर्नेको घुइँचो लाग्ने गरेका कारण आफू बिहानै ४ बजे आएर तातोपानीमा स्नान गरि फर्किएको मष्टा ३ वीरबहादुर बाँनीयाले बताए।

Navadurga sun

तपोवन तिर्थस्थलसम्म अहिले तल्कोट गाँउपालिकाले गाडी जाने बाटो र नुहाउन कुण्डहरु महिला,पुरुषका लागि छुट्टाछुट्टै बनाएर सजिलो पारिएको छ। गत वर्ष कात्तिक पहिलो साता आएको सेती नदी नदीको बाढीले बगाएका कारण तल्कोट गाउँपालिका तर्फका लिफ्टिङ सिस्टम, ट्यांकीमा क्षति पुगेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...