काठमाडौं- नेकपा एमालेकी सांसद मीना श्रेष्ठ शनिबार भएको प्रदेश १ प्रदेशसभाको बैठकमा सहभागी हुनबाट वञ्चित हुनुपरेको छ। उनले प्रदेश उपसभामुख निर्वाचनमा भोट हाल्न पाइनन् ।
संसद् बैठकमा उपस्थिति भए पनि उनले शौचालय गएर फर्किँदा बैठकमा सहभागी हुन नपाएकी हुन्। सभामुखले बाहिर भएका सांसदलाई पाँच मिनेटमा संसद भवन छिर्न भनेपछि उनी ढिला भएकी थिइन्।
उनी संसद भवनको पुरानो शैचालय गएकी थिइन् । भवनमा छिर्न समय सकिएको भन्दै मर्यादापालकले उनलाई भित्र छिर्न रोकेका थिए। मतदान चलिरहँदा उनी भने संसद् सचिवालयको बाहिर बसेकी थिइन् ।
त्यसक्रममा उनी मोबाइलमा लाइभ हेरेर बस्न बाध्य भएकी थिइन्। यसबारे उनीसँग कुरा गर्दा खोज्दा उनले यसबारे कुनै प्रतिक्रिया दिन चाहिनन् ।
