मालाखेती अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर खरिदका लागी आशा लघुबित्तद्वारा सहयोग




अत्तरिया, ११ जेठ- ‘हाम्रो गोदावरी, हाम्रो अभियान’ लाई कैलालीको अत्तरियामा रहेको आशा लघुबित्त बित्तिय संस्था लिमिटेडले आर्थिक सहयोग गरेको छ । अत्तरिया क्षेत्रका युवाहरुले मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने लक्ष्यले सञ्चालनमा ल्याएको अभियानलाई संस्थाले १० हजार रुपैया सहयोग गरेको बताईएको छ ।


कोरोना महामारीको समयमा अक्सिजन अभावका कारण नगरबासीको उपचारमा सहजताका लागी लघुबित्त बित्तिय संस्था अत्तरियाका शाखा प्रमुख गणेश प्रसाद भट्टले अभियानका सदस्य कमल कडायतलाई आर्थिक सहयोग हस्तानतरण गरेका छन् ।



बढ्दै गएको यो महामारीमा अक्सिजन अभावका कारण अकालमै ज्यान गुमाईरहेका नगरबासीहरुलाई सहज रुपमा अक्सिजन उपलब्ध गराउन थालिएको अभियानलाई केही राहत होस भनी संस्थाको तर्फबाट सहयोग गरेको शाखा प्रमुख भट्टले बताए ।
सुदुरपश्चिमको कैलाली, कञ्चनपुरमा ६ ओटा शाखा सहित देशैभर २९ जिल्लामा ५५ शाखा रहेको यस संस्थाले विषम परिस्थितिमा देशैभर राहत बितरण गर्दै आएको उनले बताए । १ हजार ७ सय ९६ ग्राहक सदस्य रहेको अत्तरिया शाखामा अहिले सम्म ७ करोड ८६ लाख ३६ हजार ९ सय ३८ लगानी रहेको छ भने ३ करोड ५४ लाख ५ हजार ८ सय ७० बचत संकलन भएको शाखा प्रमुख भट्टले बताए ।
त्यस्तै ब्यक्तिगतरुपमा शाखा प्रमुख भट्टले १ हजार ५ सय १ रुपैया र सोही शाखामा कार्यरत कर्मचारी भोजराज भट्टले १ हजार १ सय ११ रुपैया सहयोग गरेका छन् । अक्सिजन अभावले मृत्यु शैय्यामा छटपटाईरहेका संक्रमितहरुका लागी सहयोग गरेकोमा अभियानका सदस्य कमल कडायतले लघुबित्त प्रति धन्यवाद समेत व्यक्त गरेका छन् ।



