थ्रिडिभिएल क्रियशनद्वारा डोटीमा दैनिक ज्याला मजदुरी कामगर्ने १० परिवारलाई खाद्यान्न सहयोग




अत्तरिया, ११ जेठ- कैलालीको अत्तरियामा केन्द्रिय कार्यालय रहेको थ्रिडिभिएल क्रियशन संस्थाले डोटीमा खाद्यान्न वितरण गरेको छ । संस्थाले डोटीको आदर्श गाउँपालिका वडा नं. २ का १० परिवारलाई खाद्यान्न वितरण गरेको हो ।






लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर काम गर्ने १० परिवार मारमा परेको भन्दै संस्थाले प्रति परिवार १/१ कट्टा चामल वितरण गरेको राहत कार्यक्रम डोटीका संयोजक खेमराज ओझा बताए । संस्थाका जिल्ला संयोजक आकाश खड्का, सदस्यहरु देव खड्का, विकास खड्का लगायत प्रतिनिधिहरुको संयुक्त पहलमा सुरु भएको उक्त अभियान आगामी दिनमा आदर्श गाउँपालिकाका ७ वटै वडामा राहत कार्यक्रम संचालन गरिने डोटीका संयोजक ओझाले बताए ।

डोटीमा संचालित अभियानमा सामाजिक व्यक्तित्व जयराज ओझा, पुस्पराज ओझा, बिष्णुराज जोशी, डिआर ओझा र बिजयराज ओझाले आर्थिक सहयोग गरेको थ्रिडिभिएल क्रियशनले जनाएको छ ।
उक्त थ्रिडिभिएल क्रियशनले पछिल्लो समय कैलाली बाहिर पनि आफ्ना कार्यक्रम संचालनमा ल्याइरहेको समेत जनाएका छन् । सोहि राहत कार्यक्रमका क्रममा प्रदेशका ९ वटै जिल्लामा शाखा विस्तारको काम भईरहेको थ्रिडिभिएल क्रियशनका केन्द्रिय अध्यक्ष दिपक ओझाले बताए ।



