सुदूरपश्चिममा सभामुख चयन गर्न पुन मतदान हुँदै

धनगढी- सुदूरपश्चिम प्रदेशमा सभामुख चयन गर्न पुनः मतदान हुने भएको छ। बिहीबारको मतदानमा कुनै पनि उम्मेदवारको बहुमत नपुगेपछि शुक्रबार पुनः मतदान हुने भएको हो।

बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा मतदानको कार्यक्रम तय गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए।

उनका अनुसार बिहीबार सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादीका भीम भण्डारीले २६ र कांग्रेस गठबन्धनका उम्मेदवार मानबहादुर रावलले २३ मत प्राप्त गरेका थिए। एक मत बदर र एमालेका सांसद निर्धारित समयमा प्रदेशसभा भवनमा प्रवेश गर्न नसक्दा बहुमत नपुगेको हो।

यस्तै नागरिक उन्मुक्ति पार्टीका एकजना प्रदेश सभा सदस्य पनि मतदानमा सहभागी भएनन्। ५३ सदस्य प्रदेश सभामा बहुमतका लागि २७ जनाको समर्थन आवश्यक पर्छ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.