सुदूरपश्चिमका मुख्यमन्त्री रावलद्धारा पदभार ग्रहण भएसँगै यस्तो छ पहिलो निणर्य

धनगढी– सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पदभार ग्रहण गरेका छन् । सपथ ग्रहणलगत्तै उनले पदभार ग्रहणपछि पहिलो निणर्यमा शासकीय सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।

Bhancha ghar0

उनले सुदूरपश्चिमका मन्त्रालय, आयोग, विभाग, सचिवालय तथा अन्य निकायको कार्यसम्पादन प्रणालीलाई सरलीकरण र सुदृढीकरण गर्ने सम्बन्धमा नतिजामुलक कार्ययोजना तयार पार्न प्रदेश सरकारका मुख्यसचिवको संयोजकत्वमा सुदूरपश्चिमको समग्र शासकीय सुधार योजना कार्यदल गठन गरेका छन् ।

उक्त कार्यदलमा सबैमन्त्रालयका सचिवहरु सदस्य रहेका छन्। ७ दिनभित्र कार्यदललाई प्रतिवेदन तयार पार्न निर्देशन दिइएको जनाइएको छ ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.