न्याय नपाएसम्म लडिरहनेछौँ : रञ्जीता श्रेष्ठ

काठमाडौं- प्रतिनिधिसभा सदस्य एवम् नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठले रेशम चौधरी लगायतका व्यक्तिलाई झुटा मुद्दा लगाएर पाँच वर्षदेखि थुनिएको भन्दै उनीहरूको रिहाइको माग गरेकी छन् । प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै श्रेष्ठले न्याय नपाएसम्म लडिरहने बताइन् ।

७ भदौ २०७२ मा कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा एक नाबालकसहित आठ प्रहरीको हत्या भएको थियो । रेशम चौधरी उक्त घटनाका मुख्य योजनाकार रहेको अभियोगमा जेल जीवन बिताइरहेका छन् । तर, संसदलाई सम्बोधन गर्दै श्रेष्ठले घटनास्थलमै नरहेका रेशमसहित व्यक्तिहरूलाई राज्यले ज्यादती गरेर थुनेको आरोप लगाइन् । उनले घटनाका सम्बन्धमा छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरिन् ।

सबै पार्टीका शीर्ष नेताहरूले टीकापुर घटनालाई राजनीतिक भनिसक्दा अहिलेसम्म पनि न्याय पाउन नसकिएको भन्दै उनले आक्रोश पोखिन् । टीकापुर घटना कुनै बन्द कोठामा घटाइएको नभइ हजारौँ आँखाहरूले प्रत्यक्ष देखेकोले सत्य लुक्न नसक्ने उनको भनाइ थियो ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.